इटहरी / व्यवसायिक कामसँगै सामाजिक क्षेत्रमा पनि सक्रियता बढाएका खगेन्द्र विमली धेरै संघर्ष र मेहनतका कारण सफल बनेका हुन् । हाल इटहरी वितरक संघका कोषाध्यक्ष छन् भने नेपाल कस्मेटिक तथा मनिहारी संघको सल्लाकार, लायन्स क्लब अफ ग्रिन सिटी इटहरी २०१८÷१९को क्लब डाईरेक्टर तथा २०१९।२०को पि आर ओ हुन् । उनी टोल विकास संस्थाको अध्यक्ष भएर सामाजिक क्षेत्रका काम गर्दै आएका छन् । उदाउँदो ट्रेडिङ बिजनेसबाट सफलताको शिखरमा पुगेका विमली भन्छन्, ‘व्यवसाय सफल हुनमा मार्केटिङको ठूलो भूमिका हुन्छ ।’ त्यसमा पनि इटहरी ट्रेडिङ बिजनेसको हव बन्दै छ । अस्वच्छ प्रतिष्पर्धा, एरिया नमान्ने होडबाजी, एकै प्रकृतिका सामान फरक–फरक डिलरबाट ल्याएर डिलरलाई धोका दिने प्रवृत्ति, यी त सामान्य समस्या हुन् । यो भन्दा अन्य धेरै जटिल समस्याहरु छन् । उद्योग वाणिज्य संघको निर्वाचनमा भीम पौडेल समूहबाट उमेद्वारी दिएका उनी आफ्नो उमेद्वारी त्यस्तै समस्याहरुलाई टुङ्गोमा पु¥याउनका लागि भएको बताउँछन् । उनी भन्छन्, ‘आफूले जे जानेको हुन्छ त्यहि गर्नुपर्छ । सबैले आ–आफ्नो क्षेत्रको अवसर र चुनौति देख्छ । समस्या र समाधान पनि देखेको हुन्छ । त्यसैले म व्यवसायिक क्षेत्रमै केही गर्न चाहन्छु ।’ यसका लागि मलाई आम व्यवसायीको मत आवश्यक छ । र, विश्वास पनि छ व्यवसायीले यसपटक मलाई र हाम्रो टिमलाई जिताउनु हुन्छ ।’

तपाईको प्रतिक्रिया