इटहरी/ युवाहरु माझ लोकप्रिय होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुली उद्योग वाणिज्य संघको निर्वाचनमा सदस्य पदका उमेद्वार हुन् । लायन्स क्लब अफ इटहरी सिटीका अध्यक्ष, सन २००५ मा जेसिस प्रवेश गरेका पराजुली २०१३ मा तरहरा जेसिसका अध्यक्ष हुँदै सन २०१४ मा केन्द्रीय उपाध्यक्ष समेत भएका थिए । अध्यक्षका प्रत्यासी भीम पौडेलको प्यानलबाट चुनाव लड्ने पराजुलीले आफूले होटल व्यवसायी संघ, लायन्स, जेसिस र अन्य सामाजिक नेतृत्वको अनुभव उवासंघमा सदुपयोग गर्न उमेद्वारी दिएको बताए । इटहरीमै जन्मीहुर्की सपरिवार व्यवसायमा लागेको र यहाँका व्यवसायीको मर्का नजिकबाट बुझेकाले व्यवसायीको छाता संगठनमा जान इच्छुक भएको पराजुलीले बताए । उनले भने, ‘व्यवसायीको हकहित र करजन्य समस्याहरुको बारेमा व्यवसायीहरुलाई सहयोग गरौँ भनेर छाता संगठनमा जानलाई मैले उवासंघको निर्वाचनमा उमेद्वारी दिएको हुँ ।’ भीम पौडेल समूहबाट उमेद्वारी दिएका उनले सबै उद्योगी व्यवसायीहरुको साथ सहयोगसँगै मतदान गर्ने कुरामा आफू ढुक्क भएको बताए ।

तपाईको प्रतिक्रिया