१६ बर्षको उमेरदेखि व्यवसायमै हात हालेका विष्णु रिजाल युवा अवस्थामा नै २०४८ सालमा ललिता राइस ओएल एण्ड स—मिल सञ्चालन गरेको अनुभव छ । अहिले रिजाल आफ्नो व्यवसायलाई विस्तार गर्दै लैजान मात्र तल्लीन छैनन्, सामाजिक सेवमा पनि उत्तिकै सक्रिय छन् । रिजाल्स भिजन, ट्रफ स्पोर्ट्स वार तथा एसडी फुटसल स्थापना गरेका उनी जीवन विज्ञान केन्द्रका इटहरीको पूर्व अध्यक्ष तथा हालका भवन निर्माण समिति संयोजक हुन् । यो सँगै अनाथ बालबालिकाका लागि सञ्चालित निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा अहोरात्र लागि परेका छन् । कम बोल्ने र धेरै काम गर्ने व्यक्तिका रुपमा परिचित रिजाल आगामी असार १४ गते हुन लागेको उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा भीम पौडेल समूहबाट वाणिज्यतर्फको सदस्य पदका उमेद्वार हुन् । इटहरीको व्यवसायलाई समुन्नत बनाउन उद्योग वाणिज्य संघ इटहरीको कार्य समितिमा रिजालको आवश्यकता रहेको व्यवसायीहरु बताउँछन् । रिजाल आफू पनि सबै व्यवसायीहरुको साथ र सहयोग सहित निर्वाचनमा विजयी गराउने कुरामा आशावादी छन् ।

तपाईको प्रतिक्रिया