इटहरी । उद्योग वाणिज्य संघ इटहरीमा हुन लागेको निर्वाचनमा प्रतिष्पर्धीहरु एक अर्कालाई कसरी उछिनेर आफू जित्ने भन्ने दाउपेच गरिरहेका बेला एसोसिएटका एक्ला उमेद्वार भने चुपचाप छन् । न भोट माग्न हिँडेका छन् न त कुनै प्रचार प्रसारमा । निर्वाचनमा होमिएका शैलेश विष्ट र भीम पौडेल पक्षको साझा उमेद्वारको रुपमा रहेका छन सुदिप घिमिरे । गत निर्वाचन ३३ वटा मत खसेको एसोसिएटतर्फको भोटमा घिमिरेले १७ मत ल्याएर रेवती दुललालाई हराएका थिए । ३० वर्षीय घिमिरे इटहरीका युवा उद्यमी हुन् । नेपालमा युवा उद्यमीहरुको संस्थाको सुनसरीका अध्यक्ष पनि हुन् घिमिरे । नेप्लिज योङ आन्ट्रप्यनर्स फोरम सुनसरीका अध्यक्ष समेत रहेका इटहरीको कस्तुरी कलेजमा २०६४ सालताका बीबीए पढ्दै गर्दा उनी धरानमा रहेको आफ्नो पारिवारिक उद्योगमा प्रबन्ध निर्देशकको जिम्मेवारीमा थिए । चुनावमा इटहरीका आम उद्यमीका साझा एजेण्डा नै आफ्नो एजेण्डा भएको बताउने घिमिरे उद्योग वाणिज्य संघलाई स्थानीय सरकार, प्रदेश सरकारदेखि संघीय सरकारको नीति निर्माणमा पु¥याउने आफ्नो सपना भएको बताउँछन् । भन्छन्, ‘यसका लागि उद्यमशीलतादेखि नीति निर्माणमा अन्तर्राष्ट्रिय संस्थाहरुसँग पनि सहकार्य गर्न सकिन्छ । सानै उमेरदेखि व्यवसायमा सक्रिय घिमिरे भन्छन्, ‘८० प्रतिशत व्यापार र २० प्रतिशत सङ्गठनमा समय दिने हो ।

तपाईको प्रतिक्रिया