इटहरी । सरकार एक पक्षिय रुपमा अघि बढ्न खोजे त्यो देशकै लागि र्दुभाग्य हुने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले बताए । सुनसरीको इटहरीमा रहेको उद्योग वाणिज्य सघंको २० औँ तथा २१ औँ साधारण सभा  कार्यक्रममा बौल्दै पूर्व अध्यक्ष ढकालले स्थानिय,क्षेत्रीय र संघिय तिनै तहका सरकारले नीजि क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए ।
देशमा भएका विद्यमान चुनौती र अवधारणलाई आत्मसाथ गर्दै नीजि क्षेत्रसँग सहकार्य गर्न आवश्यक रहेको उनले बताए ।
साधारण सभामा बोल्ने अधिकाँस व्यवसायी अगुवाहरुले इटहरी पूर्वकै व्यापारीक हवको रुपमा विकास भएको भन्दै व्यवस्थित गर्न आवश्यक रहेको बताएका थिए । नयाँ नेतृत्व समेत चयन गर्ने तयारीमा रहेका व्यवसायीहरुलाई सक्षम नेतृत्व चयन गर्न उनीहरुले सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघका अध्यक्ष लिलम बस्नेतले व्यवसायीक हितका लागि काम गर्दै आएको बताउनुभयो । व्यवसायीक सुरक्षासँगै, व्यवसायीक नेतृत्वका लागि उद्योग वाणिज्य संघले काम गरेको उहाँले बताउनुभयो । सो कार्यक्रममा जग्गा दाता स्व, टेकनारायण चौधरीको सालिक अनावरण तथा भवनको पनी उद्घाटन प्रमुख अतिथी ढकालले गरेका थिए ।
आगामी कार्यकालका लागि उद्योग वाणिज्य संघ इटहरीमा व्यवसायीहरु वीच असार १४ गते निर्वाचन हुँदैछ । नयाँ नेतृत्वका लागि व्यवसायीहरु दुई समुहमा विभाजित भएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

तपाईको प्रतिक्रिया