इटहरी, पछिल्लो समय इटहरी उपमहानगरपालीका का प्रमुख द्वारीकलाल चौधरीले दिएको विभिन्न अभिव्यक्तीको कारण उनी चर्चामा मात्र रहेनन विवादित पनि बने । विभिन्न संचार माध्यम र सामाजिक संजालमा उनको अभिव्यक्ती भाइरल बने सँगै उनी अझ हौसीएर बोल्न थालेका छन ।

इटहरी उपमहानगरपालीकामा विकास निमार्णले गती लिएन भनेर चौतर्फी आलोचना भईरहेको बेला इटहरी उपमहनगरपालीकाका मेयर द्वारीकलाल चौधरीले नगरले क्रमीक रुपमा विकास गरेको बताएका छन । चौधरीले आज एक कार्यक्रममा जनताले अनुभुत गर्ने गरी विकास निमार्ण को काम गर्न नसके राजिनामा दिने अभिव्यक्ती दिएका छन ।

बिहीवार इटहरी उपमहानगरपालीका वडा नं ०९ ले गरेको जेष्ट नागरिक कार्यक्रममा उनले मञ्चबाटै १५ महिनामा नगरमा ३० किमी कालोपत्रे नभए आफुले नगरप्रमुख पदबाट रजिनामा दिने बताएका हुन ।  सो कुरा उनले बताईरहदा मञ्चमा बस्ने अतिथी मात्र हैन सम्मान लिना आउने जेष्ट नागरिकको अनुहारमा समेत अनौठो खाल्को हासोको झिल्का बाहिर निस्किएको थियो ।

उनले कार्यक्रममा आफ्नो भाषण रोकेरै वडाध्यक्ष भुपेन्द्र बराललाई प्रश्न गरेका थिए :-” ए वडाध्यक्ष ज्यु तपाईं आफ्नो वार्डमा कालोपत्रे हुन्छ ? ” वडाध्यक्ष सानो स्वरमा भन्छन ” हुन्छ ।”

उनले कार्यक्रममा नेपाल सरकारको मन्त्री नै अहिले लोभि परेको बताएका थिए । उनले हालका अर्थमन्त्री युवराज खतिवडाको नाम नै लिएर मन्त्री लोभि भए पछी वृद्ध भत्ता चुनावी एजेण्डा अनुरुप बढ्न नसकेको बताएका थिए ।

उनले कम्युनिष्ट सरकारको पालामा आएको वृद्ध भत्ता १०० बाट ३००० सम्म पुगेको र अब ५ वर्षमा ५००० सम्म पुग्ने बताएका थिए । उनले नेपालमा भ्रष्टचारीबाट लोभिने लोभि पार्टीहरुको बाहुल्यता रहेको बताउदै भ्रष्टचारिलाई त्यहाँ लगाउने हो भने वृद्ध भत्ता ५००० पुर्याउन सकिने बताएका थिए । उनले भ्रष्टचारी नेपालमा शानको साथ हिडिरहेको बताउदै पृथ्वीनारायण शाहले भनेका छन “घुस लिने र दिने दुवै देशका शत्रु हुन” भन्ने उदाहरण दिएका थिए ।

उनले जुन कार्यक्रममा पनि पत्रकारको कुरा उठाउदै आएका छन । तर उनले किन उठएको भन्ने कुरा आज सम्म पत्ता लागेको छैन । उनले आजको उक्त कार्यक्रममा समेत आफुलाई नगर कार्यकक्षमा नै पत्रकारहरुले नगरको बिकास खै भन्ने ? प्रश्न गरेर हैरान पारेको बताएका थिए । उनले इटहरीको चौकमा बसेर इटहरीको बिकास भएको देख्न नसकिने बताउदै बिकास खोज्ने हो भने गाउ गाउ वस्ती वस्ती जान समेत आग्रह गरे ।

तपाईको प्रतिक्रिया