काठमाडौ, यस बर्षको एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । नतिजा सार्वजनिक गर्नु अघि बिहीबार दिउँसो बोर्ड बैठक बोलाइएको परीक्षा नियन्त्रण कार्यालय श्रोतले जनाएको छ ।

शिक्षा ऐनको आठौं सँशोधनले विद्यालय शिक्षाको संरचना परिवर्तन गरेर साविकको एसएलसीको व्यवस्थालाई परिवर्तन गरेको छ । विद्यालयको अन्तिम परीक्षा कक्षा १२ हुने ब्यवस्था गरे पनि शिक्षा मन्त्रालय र मातहतका निकायले प्रभावकारी कार्य सम्पादन गर्न नसक्दा पुरानै ‘धंङधंङी’ कायम छ ।

एसईई ( कक्षा १० )  को परीक्षा अन्य कक्षाको जस्तै हो भन्ने गरी सरकारी संयन्त्रले कार्य सम्पादन गर्न नसक्दा अभिभावक विद्यार्थीमा पनि यसको उस्तै प्रभाव कायम छ ।

उक्त परीक्षा सञ्चालनको लागि राष्ट्रिय परीक्षा बोर्डको व्यवस्था गरिएको छ । ऐन संशोधनको तीन बर्ष सम्म पनि एसईई ( कक्षा १० ) को परीक्षा प्रदेश स्तरमा सञ्चालन गर्ने संरचना निर्माणमा बोर्ड असक्षम हुँदा पहिलेकै जस्तो गरी तामझामका साथ नतिजा सार्वजनिक गर्ने क्रम जारी रहेको हो ।

तपाईको प्रतिक्रिया