पाँचथरको कुम्मायक गाउँपालिका ४ रानीगाँउस्थित तिङदेनको एउटा घरमा आगलागी भएको छ। तिलविक्रम सम्बाहम्फेको किराना पसल भएको घरमा विद्युत सर्ट भई आगलागी भएको स्थानीय गोविन्द फुयालले जानकारी दिए।

बिहान ६ बजेदेखि सुरु भएको आगलागी दुई घण्टापछि ८ बजेमात्र नियन्त्रणमा आएको छ। आगलागीका कारण घर र पसलका सम्पूर्ण सामान जलेर खारानी भएका छन्।

किराना पसलमा करिब ३० लाख बराबरको सामान रहेको बताइएको छ। क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ। स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन्।

तपाईको प्रतिक्रिया