सुनसरी– इटहरीको सरसफाइ क्षेत्रमा सक्रिय बुल्स एलभेन क्लबले लामखुटे मार्ने औषधी छकैने भएको छ । क्लबले बुधबार सांझ एक सुचना निकाली आज सांझ ६ बजेदेखी राती १२ बजेसम्म इटहरी नगरका बिभिन्न ठाउमा लामुखुटे मार्ने औषधी छर्कने जनाएको हो । त्यसका लागी नगरका बिभिन्न क्षेत्रमा क्लबका सदस्यहरु परिचालन गरिने अध्यक्ष पूर्ण राइले जानकारी दिनुभयो । एक महिनाअघि सुनसरीको धरानमा देखिएको डेंगुको प्रकोप इटहरीमा पनि नफैलियोस भन्ने उदेश्वले क्लबले औषधी छर्कन लागेको र यसका लागी धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट एउटा फगिङ मेसिन मगाइएको अध्यक्ष राइले जानकारी दिनुभयो । आज सांझ देखी मध्यरातीसम्म सकेसम्म नगरका लामखुटे प्रभावित सबै ठाउमा औषधी छर्किने प्रयास गर्ने र बांकी ठाउमा केही दिनपछी पुन औषधी छर्कने राइले बताउनुभयो । उक्त अवधीमा आआफ्नो घरको झ्याल ढोका बन्द गरी सतर्कता अपनाउन हुन पनि क्लबले नगरबासीमा आग्रह गरेको छ । धरानबाट फैलिएको डेंगुले इटहरीमा पनि प्रकोपको रुप नलियोस भन्ने उदेश्वले आफूहरुले औषधी छर्कन लागेको राइको भनाइ छ । इटहरीमा अहिलेसम्म सात जनामा डेंगुको संक्रमण देखिएको र उनीहरु सबै उपचारपछी घर फर्किएका छन ।

तपाईको प्रतिक्रिया