काठमाडौं ।  बनेपामा एक महिलाले आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै प्रहरीकहाँ उजुरी दिएकी छन् । काठमाडौं ठमेल घर भई बनेपा ८ मा बस्दै आएकी ३४ वर्षीया ती महिलाले असार १० गते आफूमाथि आक्रमण भएको बताएकी छन् ।

‘नजिकै दिदीको घरबाट फकिँदै थिएँ, अन्दाजी ४० –४५ की महिला ढेपिँदै आइन्, मेरो हातमा केहीले च्वास्स घोचेजस्तो भयो । मैले फर्केर हेर्दा ती महिला फटाफट गएसकेकी थिइन्’ उनले भनिन्, ‘राभरि हात दुखेर सुत्न सकिनँ, बिहान हात सुन्निएको थियो ।’

स्थानीय मेडिकलमा जँचाउँदा सिरिन्ज आक्रमण भएको आशंका गरिएपछि उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेकी थिइन् । चिकित्सहरुले सिरिन्ज आक्रमणको आशंका गर्दै उनलाई एचआईभी संक्रमणविरुद्धको औषधि २८ दिनसम्म खान भनेका छन् ।, समाचार कान्तिपुर दैनिकले छापेको छ ।

तपाईको प्रतिक्रिया