विराटनगर , लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ए १ अन्तर्गत ,लियो जिल्ला परिषद् ३२५ ए १ ले आफ्नो युथ गतिविधि अन्तर्गत हरेक वर्ष गर्दै आएको युथ क्याम्प सम्पन्न गरेको छ ।उक्त क्याम्पको ओपेनिङ सेरेमोनी लियो डिस्ट्रीक्ट काउन्सिल ३२५ ए १ का डिस्ट्रीक्ट प्रेसिडेन्ट लियो रन्जन कुमार शाही (आर.के. राष्ट्रप्रेमी) ज्युको अध्यक्षता एवं लायन्स डिस्ट्रीक्ट काउन्सिल ३२५ ए १ का ईलेक्ट डिस्ट्रीक्ट गभर्नर लायन ईन्द्र खत्री (राजन ) ज्युको प्रमुख आतिथ्यता एवं ईलेक्ट सेकेन्ड डिस्ट्रीक्ट गभर्नर लायन रेवत बहादुर कार्की ज्युको विशेष आतिथ्यतामा भएको थियो।

उक्त कार्यक्रमको सफलताको शुभकामना लायन्स डिस्ट्रीक्ट गभर्नर लायन अनन्त प्रसाद भेटुवाल ज्यु एवं निवर्तमान डिस्ट्रीक्ट गभर्नर लायन लिला ढुङ्गगेल ज्युले दिनु भएको थियो।

मोरङ जिल्लाको केराबारी गाउँपालिका सिंहदेवीमा रहेको अत्यन्त रमणीय तथा पर्यटकीय स्थल जेफालेमा आयोजना भएको उक्त कार्यक्रमलाई ‘द रेन्वो युथ क्याम्प’ नाम दिइएको थियो । उक्त क्याम्प नेपाल सरकारको भिजीट नेपाल २०२० योजनालाई आत्मसातगर्दै जेफालेको संस्कृतिक सम्पदालाई प्रवर्द्धन गर्ने साथै यस क्षेत्रको समून्नतीका निमित्त टेवा पुर्याउने उद्देश्यले योजनालाई यहि आसाढ ६,७ र ८ गते करिब १०० जना युवाहरुको संलग्नतामा आयोजना गरीएको थियो ।

उक्त तीन दिनमा विभिन्न युथ गतिविधिका साथै विभिन्न समाज सेवाका कार्यहरू आयोजना गरिएको ” द रेन्वो युथ क्याम्प – २०१९” का सचिब लियो मनोज तिवारीले जानकारी दिए। उक्त क्याम्पमा बेस्ट क्याम्पर मेल लियो चन्दन सिपलिया तथा बेस्ट क्याम्पर फिमेल लियो प्रतीक्षा साह बन्न सफल हुनु भएको थियो।‘एक्पर्ट एजुकेसन एण्ड भिसा सर्भिस’ले प्रायोजन गरेको उक्त कार्यक्रममा विराटनगर महानगरपालिकाले प्रमोट , गोल्डेन हस्पिटल, बिभीएस +२ एच. एम स्कुलले सह-प्रायोजन, ज्योति लाइफ इन्स्योरेन्स ,अर्किड +2, गोल्छा गुप्र, ए वान यातायात,जानकी, होटल ईस्टर्न स्टार,सहारा अटोमोबाईल्स लगायतका अन्य संस्थाहरु र विभिन्न व्यक्तिहरुको सहयोग रहेको थियो। उक्त कार्यक्रमलाई भने लियो सिदार्थ शाह बिमर्श ज्युले संयोजन गरेका थिए।उक्त क्याम्पको सेक्रेटरी लियो मनोज तिवारी तथा ट्रेजरर लियो दिलिप साह तथा लियो मनिल दाहाल एड्भाईजरको रुपमा हुनुहुन्थ्यो।

तपाईको प्रतिक्रिया