नेकपा विप्लव समूहका कार्यकर्ता भन्दै प्रहरीले पक्राउ गरेका मोरङ कानेपोखरी ६ का सुदिप भनिने कंश धिमाल र उर्लाबारी २ सालघारीका केन्द्रलाल धिमाल आफ्नो कार्यकर्ता नभएको दाबी गरेको छ । यता प्रहरीले भने पक्राउ गरिएका अशोक राई विप्लव समूहको जिल्ला जनपरिषद प्रमुख तथा कंश धिमाल सक्रिय कार्यकर्ता रहेको दाबी गरेको थियो । धिमाल यसअघि २०६६ सालमा झापा दमकको लक्ष्मी बैंक लुटपाट घटनामा ७ वर्ष कैद भुक्तान गरिसकेका तथा उर्लाबारी मोरङ प्रहरीले विप्लव समूहका जिल्ला सदस्य अशोक राईसहित धिमालद्वयलाई ५ थान हतियारसहित भिन्नभिन्न स्थानबाट पक्राउ गरेको थियो । नेपाल कम्युनिष्ट पार्टी मोरङका सेक्रेटरी आभाषले मंगलबार एक विज्ञप्ति जारी गर्दै पक्राउ गरेको कंश र केन्द्रलाल धिमालले आफ्नो पार्टीको छवि धुमिल्याउने गरी विगतदेखि गतिविधि गरेको र उनीहरुसँगै जोडेर पार्टीका जिल्ला सदस्य अशोकलाई फसाएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ :- ‘विभिन्न छापा र विद्युतीय संचारमाध्यामहरुबाट कानेपाखरी ६ का सुदिप भन्ने कंश धिमाल र उर्लाबारी २ सालघारीका केन्द्रलाल धिमाल (जो हाम्रो पार्टीसँग आवद्ध छैनन्) समेतको गिरिफ्तारीलाई नेकपा कार्यकर्ता नै हतियारसहित पक्राउ गरिएको निज द्वय धिमालहरुको विगत गलत आवरणलाई हाम्रो पार्टीको छवि धमिल्याउने गरि जोडेकोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तालतलैयामा आन्तरिक पर्यटकहरु आउने क्रम सुरु
इटहरी । लामो समय देखि सुनसान बनेका पुर्वी नेपालका पर्यटकीय क्षेत्रहरुमा क्रमश मानविय चहलपहल वढ्न थालेको छ । कोरोना कहरका...
चलचित्रकर्मीकाे बनभोज कार्यक्रम तथा कलाकार भेला
इटहरी । कोरोना कहरका कारण सुस्ताएको फिल्मी क्षेत्रलाई सक्रिय बनाउन लागि परेको नेपाल चलचित्रकर्मी महासंघ प्रदेस नम्बर १ले...
चलचित्र हलहरु खुले पनि दर्शक पाउन सकेन
इटहरी । वितग ९ महिना देखि वन्द रहेका चलचित्र हलहरु खुलेपनि एक महिना हुन लाग्दा पनि पुर्वी नेपालका चलचित्र हलहरुले दर्शक ...
हिन्दू राष्ट्र नभई हिन्दू अधिराज्य नेपालीहरुले नै लिएर आउने दाबी- निक्ष शमशेर राणा
राष्ट्रिय एकता परिषदका अध्यक्ष एवं शाहीकालिन मन्त्री निक्ष शमशेर राणाले प्राईम एच. डि. टेलिभिजन मार्फत प्रसारण हुने कार्...
फोटोग्राफी सम्बन्धि सामान चोरी गर्ने दुईजना पक्राउ
विराटनगर । फेसन शोमा फोटोग्राफीका लागि पोखराबाट बोलाइएका आफ्नै पाहुनाको फोटोग्राफी सम्बन्धि सामान चोरी गर्ने दुईजना पक्र...
नेपालमा कोरोना : थप ४०३ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६६...