इटहरी । पानीको फोहोरा सहितको पाँच सय मानिस अटाउने सुविधा सम्पन्न सभा हल सुनसरीको लौकहीमा बन्ने भएको छ । पुर्व अर्थमन्त्री तथा सुनसरी क्षेत्र नम्बर ४का संघिय सासंद ज्ञानेन्द्रबहादुर कार्कीले लौकही सभाहलको एक कार्यक्रमका विच शिलान्यास गरेका हुन ।

पुर्वपश्चिम राजमार्गसंगै जोडिएको लौकही बजार क्षेत्रमै दुई वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरि लौकही सभा हल निर्माण कार्य थालिने गरि शिलान्यास गरिएको हो । पाँच सय जना अटाउने एक ठुलो र एकएक सय जना अटाउने दुई वटा साना सभाहल निर्माणको काम शहरी विकास तथा भवन विभाग संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरले गर्ने जनाइएको छ । अपागं मैत्री संरचनाहरु सहितको सभा हलसंगै पार्किगं, शौचालय,बगैचा समेतका लागि ३२ करोड लागतमा लाग्ने जानकारी दिइयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पुर्व अर्थ मन्त्री कार्कीले पुर्व क्षेत्रकै सुविधा सम्पन्न सभा हल निर्माण सम्पन्न भएपछि लौकहीको पहिचान नै परिवर्तन हुने विश्वास व्यक्त गरे । उनले व्यापार व्यवसाय वढ्ने देखि लिएर सामाजिक आर्थिक विकासमा समेत केही मात्र भएपनि योगदान गर्ने समेत उनको तर्क रहेको थियो । कार्यक्रममा पुर्व कृषि मन्त्री नन्दनकुमार दत्त, प्रदेस नम्बर १ विपक्षी दलका नेता राजिव कोइराला , लौकही गाउपालिकाका अध्यक्ष एयुव अन्सारी , हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया