जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले  देशको मध्य र पूर्वी तराईका भूभागहरुमा मेघ गर्जन गराउने घना बादल विकास भई केही  स्थानहरुमा मेघ गर्जन भैरहेको जनाएको छ । यो मौसमी प्रणाली उत्तर पश्चिमतिर सर्ने क्रममा रहेको समेत पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाले आज बुधबार दिनैभरी देशभरी बदली र वर्षाको सम्भावना रहेको जनाएको छ । आज राति देशको पूर्वी र पश्चिमी भूभागहरुमा सामान्य बदली तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली भइ पूर्वी तथा पश्चिमी भेगका केही स्थानहरुका साथै मध्यका थोरै  स्थानहरुमा वर्षाको सम्भावना रहेको र पश्चिमी भेगका एक दुई स्थानमा भारी  वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।

 

 

 

भोलि विहीबार दिउँसो देशको मध्य र पश्चिमी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा पूर्वी भूभागमा सामान्य बदली भइ पूर्वका केही स्थानहरुका साथै मध्य  तथा पश्चिमका थोरै  स्थानहरुमा वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, देशको मध्य भूभागमा आंशिक देखि सामान्य बदली तथा पूर्वी र पश्चिमका भूभागमा सामान्य बदली भइ पूर्व र पश्चिमका केही स्थानहरुका साथै मध्यका  थोरै  स्थानहरुमा वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

विहीबार राति पनि देशको मध्य र पूर्वी भूभागमा सामान्य बदली तथा पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली भइ  पूर्व र मध्यका धेरै स्थानहरुमा साथै पश्चिमका थोरै  स्थानहरुमा वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया