ब्रहमपुर (इटहरी) प्रथम ब्रहमपुर नकआउट फुटबल प्रतियोगिताको आज भएको फाईनल खेलमा जब्दी युवा क्लब, अमाहा १९ ले मध्यन्तरपछि युथ क्लब आपगाँछी १ लाई शुन्यको विरुद्ध २ गोल गर्दै शानदार विजय हात पारेको छ ।
जब्दीका जर्सी नंम्वर ११ का नबीन चौधरी र जर्सी नम्वर ९ का मुकेश चौधरीले मध्यन्तरपछि गरेका गोलले नै जब्दी युवा क्लबलाई उपाधी चुमायो । नबीन मेन अफ द म्यान समेत घोषित भए । जितसँगै क्लबले नगद २० हजार रुपैयाँ, शिल्ड तथा प्रमाणपत्र पाए । उपविजेत युथ क्लब आपगाँछीले भने नगद १० हजार रुपैयाँ, शिल्ड तथा प्रमाणपत्रमा चित्त बुझाउनु प¥र्यो । तर, युथ क्लबका जर्सी नंम्वर १० का विवस लिम्बु बेष्ट प्लेयर घोषित भए ।
जेठ २९ गतेदेखि शुरु भएको नकआउट फुटबल प्रतियोगितामा जम्मा १४ टिमहरुको सहभागिता थियो । प्रतियोगिता वर्षोनी आयोजना गरिने आयोजक युवा ज्योति क्लबल जनाएको छ ।

तपाईको प्रतिक्रिया