निकेश बराल /बेलबारी,  मोरङको बेलबारी नगरपालीकाले चौथो नगर सभा गरिरहँदा प्रतिपक्षी नेपाली कंग्रेसको बेलबारी नगर समितीले नगरपालीकको गेटमा नाराबाजी गरेको छ ।

बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदिले नगरसभा सुरु भएको घोषण गरेको केही मिनेटमै प्रतिपक्षि दल नेपाली कंग्रेसले नगरपालिकाको मुल गेटमा आएर नाराबाजी गरेका हुन् ।

नागावाजीमा नगर विकासमा पक्षपाति ढंग बन्द गर, वडाध्यक्षको अधिकार सुनिश्चित गर लगायतका नाराहरु प्रर्दशन भएको थियो ।

नेपाली कंग्रेस नगर समिती सभापति शम्बु भट्टराईले तीन वटा नगर सभा सकिएर चौथो हुँदै गर्दा सम्म विकास निमार्णको कार्यमा पक्षपाती ढंगबाट काम गरीएको र वडाध्यक्षको अधिकार शुनिश्चित नभएको बताएका छन् ।

 

  • मेयर सुदेदीले भने कार्यसम्पादनमा कुनै पक्षपात नगरीएको र विधिगत रुपमा कार्य सम्पदन गरिएको भन्दै प्रतिपक्षले आरोप मात्र लगाएको बताएका छन् ।

तपाईको प्रतिक्रिया