इटहरी/ इटहरी उपमहानगरको पाँचौ नगरसभामा आर्थिक बर्ष २०७६÷२०७७ का लागि १ अर्व ८५ करोड ५० लाखको वजेट प्रस्तुत गरिएको छ । उपप्रमुख लक्ष्मी गौतमले प्रस्तुत गर्नुभएको वजेटमा चालु तर्फ ७९ करोड ४ लाख५५ हजार,पूँजीगत तर्फ १ अर्व ५ करोड,७५लाख५४हजार र वित्तीय ब्यवस्था तर्फ ७० लाख रहने अनुमान गरिएको छ । इटहरी अस्पतालमा २४ घण्टा सेवा प्रदान गर्ने ब्यवस्था मिलाइने भएको छ । उपप्रमुख सँग सुत्केरी भेट अभियान चलाइने भएको छ । सुत्केरी महिलालाई अस्पतालमा सुत्केरी गराउन आउदा निशूल्क एम्वुलेन्स सेवा संचालन गरिने वताइएको छ । खादय प्रयोगशाला स्थापना गर्न आवश्यक ब्यवस्था मिलाइने वजेटमा उल्लेख छ । सरोकारवाला संस्था सँग समन्वय गरि इटहरी उपमहानगरवासीको मोतियाविन्दुको निशूल्क सल्यक्रिया गरिने भएको छ ।

तपाईको प्रतिक्रिया