इटहरी / इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७का लागि एक अर्ब ८५ करोड ५० लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाको पाँचौ नगरसभामा उपप्रमुख एवं बजेट तथा योजना तर्जुमा समितिकी संयोजक लक्ष्मी गौतमले आय व्यय अनुमान सहितको निती ,कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन ।
विषयगत रुपमा स्पष्ट खुल्ने गरी पुर्वाधार विकास ,स्वास्थ्य शिक्षा ,कृषि ,पर्यटन ,महिला बालवालिका , जेष्ठनागरिक, अपागंता, नदि नियन्त्रण लगायतका विषयलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको संयोजक गौतमले जानकारी दिइन । उनले कुल विनियोजन मध्ये चालुतर्फ रु ७९ करोड ४लाख ५५हजार , पुँजिगत तर्फ रु १ अर्ब ५ करोड ७५लाख ४५ हजार र वित्तय व्यवस्था तर्फ रु ७० लाख रहने अनुमानीत बजेट प्रस्तुत गरेकी हुन ।
त्यसै गरी खर्च तर्फ आगामी आर्थिक वर्ष २०७६÷७७का लागि संघिय सरकारका तर्फबाट वित्तीय समानिकरण अनुदान रु ३१ करोड ६६लाख सशर्त अनुदान रु ३४ करोड १० र राजस्व बाँडफाँडबाट रु १८ करोड १७ तथा प्रदेस सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान रु ९६लाख ,सशर्त अनुदान १ करोड ,बाँडफाँड हुने राजस्व रु ३२ करोड ५६ लाख ७९ हजार समपुरक अनुदान रु १५ करोड ,विषेश अनुदान ५ करोड र आन्तरिक रु ३८ करोड ५४लाख २१ हजार तथा तराई मधेश समृद्धि कार्यक्रमबाट रु २ करोड खर्च गरिने उल्लेख गरिएको छ । अपुग रु १७ करोड ५२ लाख सचित कोषको मौज्दात परिवर्तन गरी ११ करोड २ लाख र आन्तरिक ऋणबाट रु ६ करोड ५० प्राप्त गरी खर्च गरिने उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया