रुकुम पश्चिममा प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ४ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-१ सिन्तुबाङबाट उनीहरू मंगलबार पक्राउ गरेका हुन्। पक्राउ पर्नेमा गाउँपालिका सेक्रेटरीसमेत रहेका रुकुम पश्चिम त्रिवेणी गाउँपालिका-१, का ४७ वर्षीय, छविलाल घर्ति, युवा संगठन नेपाल रुकुमका उपाध्यक्ष आठबिसकोट नगरपालिका-११ चौरका २२ वर्षीय विवेक विक, पार्टीको जिल्ला समिति सदस्य सानिभेरी गाउँपालिका ३ गरायलाका ३१ वर्षीय दीर्घराज गहतराज र पार्टीको राप्ती ब्यरो सदस्य आठबिसकोट नगरपालिका-११ गोइरीका ४१ वर्षीय गोर्खे कामी (गम्भीर सिर्पाली) रहेका छन्। प्रतिवन्धित विप्लव समूहका कार्यकर्ताहरूले स्थानीय गाउँघरमा चन्दा तथा फिरौती रकम माग गर्दै अबान्छित गतिविधि संचालन गरि शान्ति सुरक्षलाई चुनौती दिइरहेको भन्ने गोप्य सूचना आएको थियो। जसअनुसार अनुसन्धान गर्दा उनीहरू शंकास्पद गतिविधि संचालन गरिरहेको अवस्थामा फेला परि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक सुमीत खड्काले जानकारी दिए। उनका अनुसार पक्राउ गरेकालाई हिरासतमा राखी थप अनुसन्धान कार्य जारी रहेको छ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सहकारी क्षेत्रको प्रवद्र्धन स्थानीय तहसंग सहकार्य र समन्वय विषयक अन्तरक्रिया
इटहरी । स्थानीय तहहरुसंग सहकार्य र समन्वयमा सहकारी क्षेत्रको प्रद्धर्वनका लागि सहज वनाउने उद्धेश्यले सुनसरीको इटहरीमा एक...
हातीको आक्रमणबाट सुन्दरहरैचामा एक महिलाको मृत्यु
सुन्दरहरैचा । सुन्दरहरैचामा जंगली हातीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। सुन्दरहरैचा नगरपालिका वडा नं १० कि ३२ वर्षि...
इटहरीका एकै घरका दाजु बहिनीको एकै दिन मृत्यु
इटहरीका एकै घरका दाजु बहिनीको एकै दिन मृत्यु भएको छ । इटहरी २० तरहरा तामाङ टोलका एक राजेन राई र बहिनी दिपा राईको एकै दिन...
फुटपाथमा सुतेका मजदुरमाथि चल्यो ट्रक, १५ जनाको मृत्यु
भारतको गुजरातमा फुटपाथमा सुतेका मजुदरमाथि ट्रक चलेको छ । ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको सुरत भन्ने स्था...
धनकुटा लेडी जेसिजको दोश्रो पदस्थापन, बर्ष २०२१ को अध्यक्षमा बिसिका
धनकुटा । धनकुटा लेडी जेसिज बर्ष सन् २०२१ को अध्यक्षमा निर्वाचित जेसी बिसिका श्रेष्ठलाई पद हस्तान्तरण गरिएको छ । पुर्व मन...
चौकीघाटमा बस दुर्घटना हुँदा १५ यात्रु घाइते
मोरङको रतुवामाई नगरपालिका–३ स्थित चौकीघाटमा सोमबार भएको यात्रुबहाक बस दुर्घटनामा परेर १५ जना यात्रु घाइते भएका छन् । घाइ...