पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको माइधारमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

सोमबार पूर्वबाट पश्चिम जाँदै गरेको मे ७ प ६९९५ नम्बरको मोटरसाइकलले विराटनगर महानगरपालिका १ पोखरीयाकी ६६ वर्षीया सुभद्रा भट्टराईलाई ठक्कर दिएको थियो।

उनको उपचारको क्रममा सोमबार बेलुका बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया