सुन्दरहरैचा, सुन्दरहरैचा नगरपालिकाको चौथो नगर सभा आज सम्पन्न भएको छ । नगरप्रमुख शिव प्रसाद ढकालको सभाध्यक्षमा भएको आजको नगरसभाबाट नगरले ३६ वटा महत्वपुर्ण बजेटका योजनाहरु पारित गरेको छ । उक्त पारित भएको बजेटको योजनाहरु उपप्रमुख धनमाया तामाङले प्रस्तुत गरेकी थिइन । यस वर्ष सुन्दरहरैचा नगरपालिकाले १ अर्व ८ करोड ७७ लाख ८० हजार अनुमानित बजेट विनियोजन गरेको छ ।

यस्तो छ यस वर्षा नगरपालिकाको ३६ महत्वकांक्षी योजनाहरु :-

१)  नेपाल सरकारबाट जारी स्थानिय तह सञ्चालित कोष प्रणालि सफ्टवेरबाट वार्षीक बजेट तथा कार्यक्रम , रेडबुक बिनियोजन ऐन समेत तयार गरी नगर सभामा पेश भएको ।

२)  हाल सम्म नगर क्षेत्रमा विधुत सेवाबाट बञ्चित भएका नगर बासीहरुलाई विधुत सेवा उपलब्ध गराइ नगरलाई अन्धकार मुक्त बनाउन बैकल्पिक उर्जा कार्यक्रम समेतको माध्यमबाट नगर प्रमुख सुन्दरहरैचा उज्यालो कार्यक्रम सञ्चालन गर्ने ।

३)  कृषि क्षत्रको विकासको लागि कृषि पकेट क्षेत्र घोषण गर्ने ।

४)  बिभिन्न कार्यक्रम सञ्चालन हुने साथै आर्गनिक तरकारी खेतिलाइ विशेष प्राथमिक्त्ता दिइ प्रति बिघा रु १ लाख समको अनुदानको व्यबस्था गराउने ।

५)  निर्बाहमुखि कृषि प्रणालिलाइ व्यबसाइकरणा गर्नका लागी उन्नत बिउ बिजन, मलखाद कृषि सामाग्री औजारको व्यबस्थामा ५० देखि ८० प्रतिशत सम्म अनुदानको व्यबस्था गर्ने ।

६)  नगर क्षत्रमा रोजगारी प्रर्वद्धन गर्नका लागि औघोगिक क्षेत्रको स्थापना गर्न आवश्यक पहल गरी स्वदेशि लगानिकत्तालाइ लगानि गर्न प्रोत्साहन गर्ने ।जसका लागि आवश्यक पुर्बाधार बिकासको व्यबस्था मिलाउने र नयाँ स्थापना हुने १ण् करोड भन्दा माथि पुजि लगानि गरी स्थानिय २५ जना भन्दा बढि व्यक्रिहरुलाइ रोजगारी दिने उधोगलाइ ५ बर्षका लागी कर छुट दिइने छ ।

७)  समृद्ध नेपाल सुखि नेपालि भन्ने संघिय सरकारले लिएको नितिलाइ मूर्तता दिनका लागी पैधानमन्त्रि रोेजगार कार्यक्रम मार्फत नगरमा रहेका बेरोजगारी समस्या कम गर्ने ।

८)  हाम्रो भबिष्यको पहिचान र आधार , बालबालिकाकबो अधिकार सहितको समग्र बिकास भन्ने नाराका साथ बालबालिका संग उपमेयर कार्यक्रम मार्फत नगरलाइ बालमैत्रि धोषणा गर्न बालश्रम उन्मुलन तथा बालमैत्रि नगर निमार्णका लागी स.रक्षण र बिकासमा सघाउ पुर्याउने जस्ता कार्यत्रमहरु संचालन ।

९)  भाषा कला साहित्य संकृति तथा नाटक जस्ता कार्यक्रमहरुलाइ प्रोत्साहन सहित बजेटको व्यबस्था गरीने छ ।

१०)  ८४ बर्ष भन्दा बढि उमेरका जेष्ठ नागरीकहरुलाइ घर घरमै प्राथमिक स्वास्थ्य उपचार गर्ने जेष्ठ नागरीक संग घर दैलो उपचार कार्यक्रम सञ्चालन हुने तथा अपाङग परीचय पत्रलाइ घरमै वितरणा गरीने छ ।

११)  सुन्दरहरैचा क्षत्रलाइ राष्ट्रिय स्तरका खेलाडि उत्पादनको हवको रुपमा बिकास गर्ने ।

१२)  विधालय स्तरको शिक्षाको गुणस्तर बृद्धिको निमित्त नमुना बिधालयहरु सञ्चालन गर्ने ।

१३)  नगरको गौरबको रुपमा रहेको सुकुना बहुमुखि क्याम्पसको भौतिक पुर्वाधार निमाणाका लागी छुट्टै बजेट बनाउने ।

१४)  नगर स्तरीय मेयर कप फुटवल प्रतियोगीता सञ्चालन गर्न।

१५)  सरकारी तथा निजि अस्पताल स्वास्थ्य सस्थासङग समन्वय गरी स्वास्थ्य सिबिरहरु सञ्चालन ।

१६)  नगरपालिका क्षेत्रमा रहेका सबै स्वास्थ्य सस्थाहरुमा ल्याव गरीक्षणको व्यबस्था मिलाउने ।

१७)  दुलारी स्वास्थ्य चौकिमा वर्थिङ व्यबस्था मिलाउने ।

१८) बढि अपराध हुने तथा दुर्घटना हुने स्थानहरु प्हिचान गरी बिषेश निगरानिको व्यबस्था गने ।

१९)  बिपत जोखिम न्युनिकरण र व्यबस्थापनका लागी संबेदनसील रहेका बुढि खोला गछिया लोहन्द्ररा तेरीया भोर्जना सुकुना मदाह किस्ती भुल्के लगाएलका सबै खोलाहरुमा आवश्यक्ता अनुसार तट्बन्ध र बृक्षरोपण गर्ने ।

२०)  प्राथमिक स्वास्थ्य केन्द्र , स्ब्वास्थ्य चौकि, शहरी स्वासथ्य क्लिनिकहरु ऋापतकालिन स्वास्थ्य सेवाको लागी औषधि उपचारको व्यबस्था गर्ने ।

२१)  विपद उद्धारको लाग्गि नगर तथा वडा स्तरीय विपद उद्धार समिति गठन गरी जनप्रतिनिधि राजनैतिक दल, निजि क्षेत्र,राष्ट्र सेवक कर्मचारी सामुदायिक संघ संथा , टोल बिकास संस्था र स्थानिय स्तरमा स्वयमसेबि समुह तयार गरी परीचालन गर्ने ।

२२)  जंगल भित्रको वयबस्थित सहर निमार्ण गर्ने प्रथम नगरसभाले लिएको निति लाई आत्मासाथ गदै नगर क्षेत्र भित्र सडक निर्माण गर्दा सडकका सबै किनारामा वृक्षरोपण गर्ने ।

२३) आगामि आ. ब २०७६ । ०७७ को अन्त्य सम्ममा सुन्दहरैचा नगरपालिकालाई प्लास्टिक झोला मुक्तनगर घोषणा गर्ने ।

२४)  प्रदुषण गर्नेले तिर्नु पर्छ भन्ने सिद्धान्त अनुरुप जवाभदेहि बनाई करको दायरामा ल्याउने ।

२५)  सबैभन्दा बढि कर संकलन गर्ने समयभित्र योजना सम्पन्न गर्ने वडालाय प्रत्साहन योजना प्रदान ।

२६)  वडागत बजेट तथा कार्यक्रममा जम्मा वडाको वजेटको ८० प्रतिशत पुर्वाधार र २० प्रतिशत सामाजिक आर्थिक क्षेत्रमा योजना तथा कार्यक्रम हरुको सञ्चालन हुने ।

२७) नगरपालिकाले सम्पादन गर्ने गतिबिधिलाई स्थानिय तथा राष्ट्रिय संचार माध्यमबाट प्रकाशन प्रसारण गर्ने ।

२८)  न्यायिक सा्मितिको इजालास निर्माण सम्पन्न भइसकेको र न्यायिक निरुपणका कार्य इजलासबाट हुने ।

२९)  वस्ति बिकास सहरी योजना तथा भवन निमार्ण सम्बन्धि आधारभुत निर्माण मापदण्ड २०७२ तथा राष्ट्रिय भवन संहिता , २०६० लाइ पूण रुपमा कायान्वयन ।

३०)  सुव्यबस्थित नगर निमाण गर्ने मुल उद्देश्यलाइ मुर्तता दिन नगर क्षेत्रका सबै सडक तथा घरहरुको नाम र नम्बरीङ गर्ने कार्यको थालनि गरीने छ ।

३१)  नगर गौरवको योजनाको रुपमा सञ्चालित विश्वकै अग्लो गाईको प्रतिभा निर्धारीत रहेको र शित भन्डार निर्धारण गने ।

३२)  संघिय सरकार तथा प्रदेश सरकारबाट कार्यन्वयनमा ल्याइने सडक सुशासन सुरक्षा कायैमा सहकार्य गर्ने ।

३३)  नेपालकै नमुनाको रुपमा पहिलो वाकिङ स्टिट निमार्ण पुरा गर्ने ।

३४)  नगरपालिकाको मुख्य चोक बजार क्षेत्रलाई फ्रि वाइफाइ को व्यबस्या गरीएको ।

३५)  एकल महिलाहरुकालागी सिपमुलक र आयमुलक विशेष कार्यक्रमहरुको व्यबस्था गर्ने ।

३६)  लक्षित बर्ग महिला आदिवासी जनजाति, दलित, जेष्ठ नागरीक , सिमान्तकृत, अपाङगता भएका व्याक्ति हरुको क्षमता बिकास तथा सिपमुलक आय मुलम कार्यक्रहरु सञ्चालन गरीने ।

तपाईको प्रतिक्रिया