मोरंग प्रहरीले विप्लव समुहका जिल्ला जन परिषद प्रमुख सहित २ जना कार्यकर्तालाई हातहतियार सहित पक्राउ गरेको छ ।

सुन्दर हरैचा नगरपालिका वडा नम्बर -२ बस्ने ४० बर्षीय अशोक राई र कानेपोखरी गांउपालिका वडा नम्बर -६ बस्ने ३४ बर्षिय सुदिप भन्ने कंश धिमाल र उर्लाबारी नगरपालिका- २ बस्ने ४८ बर्षिय केन्द्र धिमाललाई प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

उनिहरुको साथबाट बरामद भएका हातहतियार समेत प्रहरीले सार्वजनिक गरेको छ । बिषेश सुचनाको आधारमा बेलबारी नगरपालिकाको वडा नम्बर -३ स्कुल डांडाबाट मोटरसाईकलमा सवार अशोक राई र कंश धिमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरंगका एसपी विश्व अधिकारीले जानकारी दिएका छन् । हातहतियारको डरत्रास देखाएर चन्दा असुल्न खोजिरहेको सुचनाको आधारमा दुबैलाई पक्राउ गरिएपछि खोजतलासको क्रममा कंश धिमालको घरमा लकाई राखिएको अटोमेटिक पेस्तोल दुइवटा सहित त्यसमा फिट हुने म्यागजिन र गोली समेत बरामद गरिएको अधिकारीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया