नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले महाकाली राजमार्ग अन्तर्गत सतबाँझ गोकुलेश्वर सडकखण्डको धरमघरमा सडकबीचमा राखेको बम निष्क्रिय पारिएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले बम निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।

सडकमा बम राखेको खबर पाएपछि मंगलबार बिहानै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली बम डिस्पोजलका लागि धरमघर पुगेको थियो । सोमबार राती दुई बजेतिर सडकमा बम राखेको खबर प्रहरीसंग पुगेको थियो ।

राती बसमा सवार यात्रुहरुले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । सडकमा बम भएका कारण रोकिएका सवारी साधनहरुलाई स्कटिङ गरेर गन्तव्यमा पुर्याइने काम भईरहेको प्रहरी निरीक्षक पातलीले बताए ।

यसैबीच नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका कारण बैतडीमा छोटो तथा लामोदुरीका सवारी साधन पूर्ण रुपमा बन्द भएका छन् । बन्दका कारण सडक सुनसान बनेको छ ।

 

तपाईको प्रतिक्रिया