इच्छाशक्ति भए प्रगति टाढा छैन् भने झै इटहरी उपमहानगरपालिका ६ निवासी विष्णु रिजाल लगनशिलता र इच्छाशक्तिकै कारण आज पुर्वी नेपालको व्यवसायी क्षेत्रमा कुशल व्यवसायी बनेका छन् । समाजसेवी भावना र विकासबादि सोच भएका रिजाल वाल्यकाल देखि व्यवसाय तर्फ आकर्शीत थिए । तत्कालीन समयमा रिजालका हजुरबुवाले इटहरीमा काठ मिल संचालन गरेका थिए । हजुबुुवाले थालेको व्यवसायीक यात्रालाई निरन्तरता दिदै आएका रिजालले समय सँगै व्यवसाय लाई पनि परिवर्तन गरे । उनले इटहरीमा बजार बढे सँगै बजारमा पार्टी प्यालेस आवश्यक्ता रहेको महशुस गरे । त्यस पश्चात रिजालले हजुरबुवाको काठ मिल संचालन गरेको स्थानमा इटहरीमै पहिलो पार्टी प्यालेस संचालन गरे । उनले संचालन गरेको सरस्वती पार्टी प्यालेस स्थापना देखी आजसम्म सबैको रोजाइमा पर्दै आएको छ । उनले संचालन गरेको सरस्वती पार्टी प्यालेस उनको पहिलो व्यवसायीक यात्रा भने होइन । १६ बर्षको उमेरदेखि व्यवसायमै हात हालेका रिजालले लामो कडा परिश्रम र मेहनत गरेका छन । रिजाल सँग युवा अवस्थामानै २०४८ सालमा ललिता राईस ओएल एण्ड स—मिल सञ्चालन गरेका अनुभव छ ।उनले व्यवसायीक यात्रामा धेरै सर्घर्ष गरेका छन । व्यवसाय गर्दा केहि समस्याहरु आए तर दरो मन, इच्छाशक्ति र लगनशिलताका कारण उनले आफनो व्यवसायमा सफलता हात पारे । रिजाल हरेक समय सरल र शालील देखीन्छन । उनको शालीनता र मदुभाषी व्यवहारका कारण पनी सबैको नजरमा परेका छन । जसको फल स्वरुप उनले व्यवसायमा सफलता पनी पाप्त गर्दै आएका छन । उनी आफु मात्र सफल हैन सबैलाई सफल बनाउने अभियानमा जुटेका छन । रिजालले आफ्नो व्यवसाय लाई पनि विस्तार गर्दै आएका छन् । इटहरीमा कुनै ठुलो कार्यक्रम गर्नुपर्यो भने सबैले एक पटक विष्णु रिजाल लाइनै सम्झन्छन अर्थात उनले संंचालन गर्दै आएको रिजाल भिजन पार्टी प्यालेस । उनको व्यवसायीक यात्रा त्यतीमा मात्र सिमीत छैन पछिल्लो समय रिजालले युवाहरुलाई लक्षित गर्दै इटहरीमानै ट्रफ स्पोर्ट्स वार तथा एसडी फुडसल स्थापना गरेका छन । करीब ४० लाखको लगानीबाट सुरु गरेको व्यवसाय अहिले १० करोडको हाराहारी पुगेकोले आफू व्यवसायिक क्षेत्रमा सफल भएको समेत उनी बताउँछन् । आगामी असार १४ गते उद्योग वाणिज्य सङ्घ इटहरीको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । यो चुनावमा व्यवसायीको समस्यालाई अवसरमा बदल्न सक्ने नेतृत्व छान्नु आवश्यक छ । त्यसैकारण कडा मिहिनेतबाट इटहरीको व्यावसायिक क्षेत्रमा स्थापित भीमबहादुर पौडेलको नेतृत्वमा विष्णु रिजालले पनी सदस्य पदमा उमेदवार बन्ने भएका छन । इटहरीको व्यवसायलाई समुन्नत बनाउन उद्योग वाणिज्य सङ्घ इटहरीको कार्य समितीमा रिजालको आवश्यक्ता रहेको इटहरीका व्यवसायीहरु बताउछन । गर्न चाहँदा र खोज्दा जे पनि सम्भव छ त्यसका लागी सबैको भावना मिल्नुपर्छ र एक साथ जुट्नु पर्ने रिजाल बताउछन । व्यसायिक एकतामा सबैभन्दा ठूलो बल हुन्छ भन्ने रिजालकोे मान्यता रहेको छ । सबै व्यवसायी हरुलाई एकतामा उनेर सबैको हकहित र विकासमा केन्द्रित हुने बाचा रिजालले गरेका छन ।
मतदाताहरुले दिने मतलाई व्यापार, व्यवसायको प्रर्वद्धन गर्न, विकास गर्नमा सही सदुपयोग गर्ने रिजालको प्रतिवद्धता रहेको छ ।

याे पनी

यस कारण सम्झन्छन इटहरी वासीले विष्णु रिजाललाई

तपाईको प्रतिक्रिया