विराटनगर/  मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ३ शान्तिचोकमा प्रेसकुकर बम फेला परेको छ । प्रेसर कुकरमा राखिएको अबस्थामा बम भएको हुनसक्ने आशंका प्रहरीको छ ।

आज बिहान करिब साढे ३ बजेको समयमा बम राखिएको थाहा पाएपछि पुगेको प्रहरीले त्यहाँको जानकारी लिएको थियो । प्रेसरकुकरमा राखिएको बस्तु बम भएको हुनसक्ने भएपछि अहिले सो क्षेत्रमा नेपाली शेनाको टोली सो स्थानमा पुगेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी बझाङ र झापासहित विभिन्न स्थानमा बम भेटिएको छ । झापाको भद्रपुर स्थित भद्रपुर नगरपालिकाको कार्यालयभित्र एउटा झोलामा शंकास्पद वस्तु भेटिएको छ ।

हरीका अनुसार नगरपालिकाका मेयरको कार्यकक्ष चढ्ने सिढीको तल कालो व्याग जस्तो शंकास्पद वस्तु फेला परेको हो। यसैगरी बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ राजकोट पाण्डुपडेसको वडा कार्यालय भवनमा बम भेटिएको छ ।

उदयपुरमा शंकास्पद वस्तु
त्यस्तै विप्लव का कार्यकर्ताले जनजीवन त्रसित पार्न उदयपुरको विभिन्न ठाउँमा शंकास्पद वस्तु राखेका छन् । कटारी बजार र गाईघाटको प्रगतिटोलमा शंकास्पद वस्तु भेटिएको छ । शंकास्पद वस्तुबारे  नेपाली सेनाको बम डिस्पोजल टोलीले अनुसन्धान गरिरहेको छ ।

भिमाद पुलमा पनि शंकास्पद रातो वस्तु
विप्लव समूहका कार्यकर्ताले सिन्धुलीको भिमाद पुलमा पनि शंकास्पद वस्तु राखेका छन् । शंकास्पद वस्तुबारे सेनाले अनुसन्धान थालेको छ ।

तपाईको प्रतिक्रिया