सुन्दरहरैंचा, महिला हिंसा र बलात्कार विरुद्ध आत्मरक्षा प्रदान गर्दै आएको के.आई.एफ. कुरोदय मार्सल आर्ट्स संघको सुन्दरहरैंचा कार्य समिति गठन भएको छ । आज बसेको एक भेलाले सर्वसहमत १७ सदस्यीय कार्य समिती निर्माण गरेको हो ।

संघका जिल्ला सदस्य तथा मोरङका प्रथम एसियन कोच हेमन्त सुबेदीको अध्यक्षतामा बसेको भेलाले उक्त समिती गठन गरेको हो । भेलाले मिलन घिमिरे (रुद्र) लाई अध्यक्ष, सुनिता कार्की उपाध्यक्ष, नरोत्तम अधिकारी सचिव, मनोज कार्की सहसचिव, विनिता अधिकारीलाई कोषाध्यक्षमा चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा अनिल राई, गरिमा श्रेष्ठ, सागर दर्नाल, वविता कार्की, नाम्छुङ राइ, आस्था बजगाई, विकल खत्री, समिक्षा सत्याल, पिताम्बर खनाल, नितेश श्रेष्ठ, आयुश अधिकारी, रामकुमार तामाङलाई चयन गरेको छ । राष्ट्रिय खेलकुद् परिषद अन्तर्गत संचालित के.आइ.एफ. कुरोदय मार्सल आर्ट्स संघ नेपालमा वि.स. २०७३ सालमा स्थापना भएको हो । नेदरल्याण्डबाट सुरुवात भएको कुरोदय मार्सल आर्ट्सको संस्थापक टेन डन रेड बेल्ट सोके कृष्ण गोपाल हुन् ।

यसले नेपालमा महिला हिंसा बिरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागीता उत्तम विकल्प भन्ने नाराको साथ आत्मरक्षा सम्बन्धि सीप सिकाउदै आएको छ । बल होइन बुद्धिको प्रयोग गरि विशेष परिस्थितिमा कसरि आत्मरक्षा गर्न सकिन्छ भन्ने तालीम संघले सन्चालन गर्ने गरेको संघका प्रदेश १ प्रमुख प्रशिक्षक प्रकासमान बस्नेतले बताए ।

यसको केन्द्रिय कार्यवाहक अध्यक्ष बिधा चाम्लिङ रहेकी छिन् भने हालसम्म ४३ वटा जिल्लामा संघको कार्यक्रम संचालित छ ।

तपाईको प्रतिक्रिया