विराटनगर , प्रदेश १ प्रहरी कार्यालयका नयाँ डिआईजी ठाकुर प्रसाद ज्ञवालीले आफ्नो कार्यभार समालेका छन् । प्रदेश प्रहरी कार्यालय बिराटनगरमा सोमबार पदभार लिदै प्रदेश १ को सुरक्षामा प्रहरी आधुनिक पुलिसिङ मार्फत काम गर्ने बताएका छन् ।

पदभार सम्मालेपछि डिआईजी ज्ञवालीले प्रहरी प्रति नागरिकको भरोसा टुट्ने काम नगर्न मातहतका प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन् । 

तपाईको प्रतिक्रिया