त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्ग मर्मतको काम मनसुनले प्रभावित गरेको छ । मर्मत अन्तिम चरणमा पुग्न सुरु भएको मनसुले काम दुई दिन अवरोध भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले असार २४ गतेदेखि विमानस्थल नियमित २१ घण्टा संचालनमा ल्याउने योजना बनाएर काम गरिरहेको छ ।

हाल दुई वटा चरणको पिच थप्ने काम पुरा भएर तेस्रो चरणको पीच १६ सय मिटर पुरा गरिसकिएको छ ।  राती पानी परेको कारण शुक्रबार र शनिवार काममा अवरोध आएको थियो । असार २४ गतेदेखि विमानस्थल नियमित रुपमा संचालनमा ल्याउने गरी काम भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया