बेलबारी, मोरङको बेलबारी नगरपालिका १० लक्ष्मीमार्गमा भएको सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

शनिवार अपरान्ह साढे ५ बजेको समयमा पूर्व(पश्चिम राजमार्ग अन्तर्गत पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को १६ प ३३३९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को १७ प ६१४४ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा पहिलो मोटरसाईकलाम सवार दुई जना घाइते भएका थिए ।

दुर्घटनामा मोटरसाइकल चालक सङ्खुवासभा खाँदबारी नगरपालिका १ बस्ने वर्ष १८ को मणि कुमार तामाङ र सोही मोटरसाइकलको पछाडि सवार इटहरी बस्ने वर्ष ३३ को भोलामान तामाङ गम्भीर घाइते भएका हुन ।

घाइते दुवै जनालाई उपचारको लागि बेलबारी सामुदायिक अस्पताल ल्याइएको र उपचारको क्रममा भोलामान तामाङको साँझ सवा ६ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

तपाईको प्रतिक्रिया