इटहरी /  महिलाहरुलाई रोजगारी बनाउन इटहरीमा १५ दिने सिपमुलक तालिम सम्पन्न भएकोे छ । महिलाहरुको आयआर्जन तथा सिपको विकासको लागी इटहरी उपमहानगरपालीका वडा नं ७ को सहयोग र आशाका पखेटाहरु नेपालको आयोजनामा क्रिस्टल माला निमार्ण तालीम ,कुसन तथा गुडीया बनाउने तालीम ,व्यटीसियन तालीम र उद्घोषण तालीम को आयोजना गरीएको थियो । तालीम ज्येठ १६ गते देखी इटहरीमा शुरु भएको थियो । तालीमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि इटहरी उपमहानगरपालीका वडा नम्बर ७ का वडा अध्यक्ष नर बहादुर राईले पिछडीएका र पछाडी परेका महिलाहरुलाइ समेटेर विभिन्न तालीम सञ्चालन गर्न गरेको वताउनु भयो । वडाले संचालन गर्ने बिभिन्न सिप मुलक कार्यक्रममा महिलाहरुलाई प्राथमिक्ता दिएको समेत उहाँले वताउनु भयो । तालिममा सहभागि महिलाहरुलाई वडा अध्यक्ष राईले तालीममा सिकेका सिपलाइ व्यवहारमा उर्तान समेत आग्रह गर्नुभयो । तालिम प्राप्त गरिसकेपछि सहभागी महिलाहरुले यस्ता तालीमले समयको सदुपयोग हुने र ब्यबसायीक बनेर आफ्नो आय आर्जन मा वृद्धि ल्याउने अपेक्षा गरेको भन्दै आगामी दिनमा यस्ता तालिमको समयवधी बढाउन आयोजकलाई आग्रह समेत गरेका छन । आयोजक संस्था आशाका पखेटाहरु नेपालको अध्यक्ष रेखा कैर प्रसाई ले अवको दिनमा महिलाहरुको क्षमता र नेतृत्व विकासको लागी सधै आफुहरु सहयोग गर्न तयार रहेको बताउनु भयो । साथै तालीममा सहभागी महिलाहरुले उत्पादन गरेको बस्तुहरु बजारीकरण गर्न आफु सधै तयार रहेने प्रतिवद्धता जनाउनु भयो ।

तपाईको प्रतिक्रिया