वीरेन्द्रनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार वीरेन्द्रनगर–३ पतेनीका २१ वर्षीय लक्ष्मण चौधरीको आज दिउँसो माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

माछा मार्नका लागि घर नजिकैको खोलामा विद्युत् तार जोडिएको थियो । चौधरी बत्ती नभएको बेला माछा मार्न निस्किएका थिए । माछा मार्ने क्रममा एक्कासी करेन्ट लागेको र केहीबेरमै मृत्यु भएको छिमेकी राजेन्द्र खत्रीले जानकारी दिए । करेन्ट लागेलगत्तै उनलाई कर्णाली प्रदेश अस्पताल कालागाउँ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । शवलाई परीक्षणका लागि प्रदेश अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया