सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ३ मा रहेका चार वटा विधालयका विधार्थीहरुलाई निशुल्क पोशाक वितरण गरिएको छ । आईतवार वडा नं ३ का वडाध्यक्ष जीवन प्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा वडामा भएका चार विधालय ( श्री श्रीखण्ड माद्यामिक विधालय , लोचनी , श्री जनता माद्यामिक त्रीजुगा , श्री जनता प्राथमिक विधालय नर्सरी टोल आईतबारे , श्री जननी प्राथमिक विधालय बर्मनिया ) का करिब ४३३ जना विधार्थीहरुलाई पोशाक वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी ढुंगानाले आजका बालबालिका भोलीका कर्णधार हुन भन्ने उद्देश्यले विधालयमा अध्ययन गर्ने विधार्थीहरुलाई पोशाक वितरण गरिएको बताए । उनले स्वास्थ्य शिक्षा लाई विकास निर्माण कार्य संग सगै यस क्षेत्रको बिकास पनि गर्दै जानु पर्ने समाजको आवश्यकता अनुरुप स्वास्थ्यको कार्यक्रम यस अघी नै संचालन गरेको र शिक्षा सम्बन्धी कार्यक्रम आजबाट शुरु गरेको बताएका थिए ।

आईतवार ( आज ) बाट शुरु भएको यो कार्यक्रम श्री श्रीखण्ड माद्यामिक विधालयका १९२ जना विधार्थीहरुलाई पोशाक वितरण गरिएको वडा सदस्य प्रविण पोखरेलले बताए ।

उनले यो कार्यक्रम प्राथमिक तहका विधार्थीहरुको लागी मात्र आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा वडा नं ३ का समाजसेवीहरु साथै विधालयका शिक्षक , विधार्थी , विधार्थी अभिभावकहरुको उपस्थितिमा शुरु भएको थियो ।

कार्यक्रम सुन्दरहरैचा नगरपालिकाको आर्थिक सहयोगमा वडा नं ३ ले आयोजना गरेको हो । कार्यक्रममा उपस्थित अभिभावकहरुले यस कार्यक्रमबाट विधार्थीहरुमा पढ्न हौसला प्रधान गर्न सक्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया