पहिरोले नारायणगढ मुग्लिन सडकको जलविरे खण्डमा एकतर्फी मात्रै यातायात सञ्चालन आएको छ ।

प्रदेश ३ ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरिक्षक नविनराज राईले पहिरोका कारण बाटो अवरुद्ध भएको बताए । पहिरो पन्छाउदै एकातर्फी यातायात सञ्चालन गरिरहेको राईले जानकारी दिए। बिहान करिब ७ बजेतिर खसेको पहिरोका कारण केही समय सडक पूरै अवरुद्ध भए पनि अहिले पहिरो पन्छाउदै एकतर्फी सञ्चालन भइरहेको जानकारी दिएका छन । वर्खा लागेसँगै अघिल्लो वर्ष पनि यस सडक खण्डमा यात्रा गर्ने यात्रुहरुले सास्ती व्यहोर्न थालेका छन्।

बर्षेनि यातायात आवत जावतमा समस्या हुदा कुनै पनि निकायले पहिरो रोगथामको प्रयास गरेको छैन ।

तपाईको प्रतिक्रिया