बसको ठक्करबाट पूर्वपश्चिम राजमार्ग अन्तर्गत सैनामैना–६ कलौनेमा दुई जनाको मृत्मु भएको छ ।
शनिबार राति महेन्द्रनगरबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ५९४८ नम्बरको बसले लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो ।
ज्यान गुमाएका दुबैजनाको परिचय खुल्न बाँकी रहेको इलाका प्रहरी प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविराज मैनालीले जानकारी दिएका छन् । बसको ठक्करपछि मोटरसाइकलमा आगो लागेको थियो ।
आगोले दुई जनाकै शव जलेको र दुई जनाकै शव लुम्बीनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको प्रहरी निरीक्षक मैनालीले जानकारी दिए।

तपाईको प्रतिक्रिया