काठमाडौं । रामेछापको मन्थली नगरपालिकामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बिरामी लिन खुर्कोटबाट मन्थलीतर्फ जाँदै गरेको बा २ च ७५२५ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा  चालक  २२ वर्षीय नीरबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ।

दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् । सिन्धुलीका करिब १८ वर्षीय सुरज श्रेष्ठको अवस्था गम्भीर भएपछि अहिले सिन्धुलीबाट थप उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ ।

तपाईको प्रतिक्रिया