इटहरी । राष्ट्यि प्रजातन्त्र पार्टी प्रजातान्त्रिक तथा एकिकृत राष्ट्यि प्रजातन्त्र पार्टी राष्ट्वादीको एकिकरण पश्चात बनेको राष्ट्यि प्रजातन्त्र पार्टी संयुक्तको सुनसरी अध्यक्षमा दुर्गाबहादुर बस्नेत चयन भएका छन ।
इटहरीमा भएको संयुक्त भेलाले बस्नेतलाई सर्वसम्वत अध्यक्षमा चयन गरेको हो । एकता पछि बनेको नयाँ पाटीको जिल्ला अध्यक्ष बनेका बस्नेतले उत्साहका साथ संगठन विस्तारमा लाग्ने प्रतिक्रिया दिएका छन । अध्यक्ष बस्नेतले सनातन धर्म सापेक्ष हिन्दु राष्ट्, सबै पक्षलाई चित्त बुझ्ने सहमति र सझा संस्थाका रुपमा राजसंस्था सहितको प्रजातन्त्रलाई आत्मसाथ गर्ने समेत वताए । कार्यक्रमका प्रमुख अतिथी पुर्व भुमिसुधार मन्त्री रामकुमार सुब्बाले पाटीले राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्को मुद्धालाई सशक्त रुपमा उठाउदै अघि वढनु पर्नेमा जोड दिए । राप्रपा संयुक्तको नया गठीत समितिको अन्य पदाधिकारीहरु पछी चयन गरीने सहमति भएको जनाइएको छ । गत माघ महिनामा पशुपति समशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा प्रकासचन्द्र लोहनी नेतृत्वको एकिकृत राप्रपा विच पाटी एकता गर्ने सहमति भएको थियो ।

तपाईको प्रतिक्रिया