बिराटनगर, बिराट नर्सिङहोम मा उपचारका लागी आएका एक महिलाको मृत्यू भएपछि अस्पताल तनावग्रस्त बन्न पुगेको छ । मोरंङ बिराटचौककी चेरी माया प्रसाई पाठेघरको उपचार गर्नका लागी बिराटनर्सिङहोम आइपुगेकी थिइन । उनको पाठेघरमा नसा खुम्चीएको डाक्टरले बताएपछि उपचार सम्भव भएको भन्दै अप्रेसन गर्न  तयार भएकि थिइन । लामोसमय देखि पाठेघरको समस्या भएका कारण तनाव मा रहेकि प्रसाई बिराट नर्सिङहोममा उपचार सम्भव हुने भएपछि खुशि हुँदै आफै स्कुटर लिएर बिराटनर्सिङहोम आएकी थिइन् ।

एक साता अघि मात्र अस्पताल भर्ना भएकि चरीमाया प्रसाईको अपे्रसन भएको थियो । गत बिहिबार अचानक उनको स्वास्थ्यमा समस्या देखिएको भन्दै अस्पताल प्रसाशनले जर्वजस्ती आइसियूमा भर्ना गराएको थियो । आफ्ना परीवारजनले पटक पटक भेट्न खोज्दा अस्पतालप्रसासनले दिएको थिएन । आइसियूमा भर्ना गरीएकी चरीमायाँ प्रसाईको मृत्यू भईसकेको भएपनी अस्पताल प्रसासनले मृत्यूको खबर परीवारजनलाई नदिएर गुम्राहामा राखेका थिए । दुई दिन सम्म बिरामिलाई भेट्न नदिएपछि आफन्तले अस्पतालमा अवरोध गरेपछि बल्ल तल्ल थाहा पाए कि बिरामिको ज्यान एकदिन अघिनै गईसकेको रहेछ ।

उपचारको क्रममा लापरबाहि भएर चरीमायाँको ज्यान गएको मृतकका आफन्तको दावी छ । उपचार बिराट मा सम्भव नभए अन्यत्र लैजान तयार भएका आफन्तलाई समेत बिराट नर्सिङहोमका संञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्कीले बिरामि सोहि अस्पताल बाट ठिक भएर जाने आस्वासन दिएका थिए । बिरामिलाई आइसियूमा लगेर मारेको आफन्तको भनाई छ । पेटको अप्रेसन गराएका चेरीमायाँको घाँटिमा समेत चिरेको अवस्थामा आइसियूमा सब भेटिएको थियो । तर अस्पताल प्रसासनले भने लापरबाहि नभएको र यदि लापरबाहि को आरोपमा कारबाहि भोग्नु परे अदालतको आदेश मान्न तयार रहेको डा. कार्किले प्रदेश एक अन्लाईन टिभिलाई बताए ।

उक्त अस्पतालमा बर्षेनी दर्जनौको ज्यान उपचारको क्रममा जाने गरेको छ । तर अस्पतालको सिन्डीकेट र दवदवाहटका कारण कुनै कारबाहि हुन सक्दैन र कारबाहि गर्ने निकाय समेत फितलो सावीत हुँदै आएको छ । यतिबेला चरीमायाका आफन्तले बिराट नर्सिङ होम को इजातलपत्र खारेजी हुनुपर्ने माग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया