प्रकाशपुर सुनसरीको वराहक्षेत्र–१० मा “प्रकाशपुर च्यालेन्जअ कप” फुटबल प्रतियोगिता सम्पुर्ण तयारी पूरा भएको छ ।

प्रकाशपुर युवा जमात र सप्तकोशी युवा समूहको संयुक्त आयोजनामा प्रकाश माविको खेल मैदानमा यहि असार १० गतेदेखि प्रतियोगिता सञ्चालन हुन लागेको छ । “प्रकाशपुर च्यालेन्ज कप” को प्रायोजक भने बराहक्षेत्र नगरपालिका १० नम्बर वडा कार्यलयले गरेको छ । युवाको हौसला बढउन र नया खेलाडि उत्पादन गर्ने यश प्रतियोगिताको मुख्य उदेश्यरहेको छ।  पहिलो पटक हुन लागेको प्रतियोगितामा प्रदेश नम्बर १ को स्थानीय ८ ओटा टिमको सहभागिता रहने यस प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको प्रकाशपुर युवा जमातका अध्यक्ष तेज गुरुङले बताएका छन् ।

आयोजक टिम प्रकाशपुर सँगै चक्रघट्टी, गोधुली क्लब धरान, राष्ट्रिय जागृति क्लब इटहरी, धनकुटा हिले क्लब, इनरुवा फुटबल क्लब, डाँगीहाट मोरङ र बक्लौरी टिम सहभागी हुने सहभागी टिम रहेका छन् । खेललाइ थप रोचक बनाउन फाइनल खेलको अघिल्लो दिन असार १६ गते स्थानीय खेलाडीहरु जो ३५ वर्ष माथि को खेलाडीहरु लाई फुटबल खेलाइने प्रकाशपुर युवा जमातका अध्यक्ष गुरुङले बताएका छन् । वराहक्षेत्र १० वार्ड कार्यालयको सहयोगसमेत रहेको प्रतियोगितामा विजेता उपविजेताले ट्रफीसहित क्रमशः विजेता लाई १ लाख र उपविजेता ५० हजार पुरस्कार पाउनेछन् । भने प्रकाशपुरका युवाको हौसला बढउन र नया खेलाडि उत्पादन गर्ने समेत यश खेलको उदेश्य रहेको गुरुङले बताएका छन् ।

तपाईको प्रतिक्रिया