इटहरी, असार ६ । नेपाल पत्रकार महासंघ सुनसरीले मिडिया काउन्सिल विधेयक फिर्ता लिन दबाबका लागि संकलन गरेको पत्रकारहरुको हस्ताक्षर आज जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत प्रधानमन्त्रीलाई बुझाएको छ।
नेपाल पत्रकार महासंघ सुनसरी शाखा अध्यक्ष अमर खड्का नेतृत्व टोलीले प्रधानमन्त्री केपी शर्मा अ ओलीलाई संकलित गरिएको पत्रकारहरुको हस्ताक्षर सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीमार्फत बुझाएको हो ।
विधेयक फिर्ताका लागि नेपाल पत्रकार महासंघ सुनसरी शाखाले असार ३ गते धरान र इटहरीमा हस्ताक्षर अभियान चलाएको थियो । महासंघले विधेयक फिर्ताका लागि देशभरका पत्रकारहरुको हस्ताक्षर आज सवै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री ओलीलाईं बुझाइएको हो ।
विधेयक फिर्ता लिनका लागि नेपाल पत्रकार महासंघले देशव्यापी रुपमा तेस्रो चरणको आन्दोलन जारी राखेको छ।

?

तपाईको प्रतिक्रिया