इटहरी/ असार लागि सक्यो मनसुन पनि पुर्वी नेपाल हुदै भित्रीएको प्रकासमा आएसंगै इटहरीका मल्लिक टोलवासीले रिजाल भिजनका सञ्चालक विष्णु रिजाललाई सम्झन थालिसकेका छन । गत वर्ष श्रावण महिनामा आएको बाढीबाट पिडीत बनेको समयमा रिजालले पुर्याएको सहयोगका कारण मल्लिक टोलवासीले रिजाललाई सम्झन थालेका हुन ।

बाढी आएर बस्तीमा पसेर वितण्डता मचाउन थालेपछि मल्लिक टोलवासीहरु व्यवसायी विष्णु रिजालले सञ्चालन गरेको रिजाल भिजन र सरस्वति पाटी प्यालेसमा आश्रय लिन आइपुगे । व्यवसायका अलावा समाजसेवामा रमाउने रिजालले बाढी पिडितहरुलाई एक महिना सम्म सरस्वति पाटी प्यालेसमा आश्रय दिएका थिए । बाढी पिडितहरुलाई मात्र हैन २०७२साल बैशाखमा भुइचालो गएको समयमा पनि धेरै मानिसलाई रिजालले आफुले सञ्चालन गरेका पाटी प्यालेसहरुमा आश्रय दिएका थिए । रिजालले इटहरीमा रहेर सफल व्यवसायीको छवि बनाएका छन् । एक व्यक्ति पनि समाजको रुपान्तरणको हिस्सा बन्न सक्ने उदाहरण प्रस्तुत गरेका छन् । उनी जस्तै सबैले आफ्नो आफ्नो क्षेत्रमा काम गर्ने हो भने देशको सम्बृद्धि सम्भव छ हाम्रै पालामा । इटहरीमै जन्मीएर सामाजिक र व्यवसायीक गतिविधिमा सक्रिय रहदै आएका रिजालको योगदानको कदर गर्दै उद्योग वाणिज्य संघ इटहरीले अहिलेकाे कार्यसिमतीले  मनोनित सदस्य बनाएको छ । व्यवासायीकहरुको छाता संगठन उद्योग वाणिज्य संघमा आफनो आवश्यकतालाई महशुस गरेर हालको कार्य समितिले मनोनय गरेको तर्फ मध्यनजर गर्दै आगामी निर्वाचनको लागि  वाणिज्य तर्फको सदस्य पदमा उमेद्वारी दिएर मतदाताहरुको मन जित्न अघि बढी रहेको रिजाल वताउछन ।

तपाईको प्रतिक्रिया