पोखरा महानगरपालिकामा घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका २१ कृष्तीका ५२ वर्षीय शिवप्रसाद सुवेदीको घर नजिकैको रुखमा घास काट्ने क्रमा घाइते भएका थिए ।

उपचारका लागि पोखराका मेट्रोसिटी अस्पताल लगिएकोमा उपचारका क्रममा सुवेदीको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्याल पोखराका प्रहरी उपरिक्षक नबराज भट्टले जानकारी दिए ।

तपाईको प्रतिक्रिया