जिल्ला अदालत कलैयाका सुनिल चौधरी १८ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अदालतको फैसला कार्यान्वयनका लागि मालपोतलाई पत्राचार गर्न घुस लिइरहेको अवस्थामा उनी पक्राउ परेका हुन्।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट गएको टोलीले चौधरीलाई सेवाग्राहीसँग १८ हजार रुपैयाँ लिइसकेको अवस्थामा कलैया-४ स्थित अदालत अगाडिको चियापसलबाट रङ्गेहात नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रदीपकुमार कोइरालाले बताए।

तपाईको प्रतिक्रिया