इटहरी, इटहरी उपमहानगरपालिका मा रहेको आकाश इन्स्च्युटले आयोजना गरेको अन्तर सेक्सन फुटबल प्रतियोगिताको आज फाइनल खेल सम्पन्न भएको छ ।

आज बिहान इटहरी रंगसलामआ भएको उक्त फाइनल खेलमा अन्तर सेक्सनका होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट समुहका विधार्थीहरु प्रतिस्पर्धामा उत्रीएका थिए ।

स्वास्थ्यको लागि खेलकुद भन्दै खेलकुद प्रवर्धनको निम्ती वार्षिक रुपमा आकाश इन्स्च्युटले आयोजना गर्दै आएको छ । उक्त इन्स्च्युटले आयोजना गरेको यो वर्षको खेलमा ९ वटा टिमले प्रतिस्पर्धा गरेका थिए ।

आज फाइनल खेलमा म्यानेजमेन्ट समुह प्रथम र होटल म्यानेजमेन्ट दोस्रो भएका छन । आयोजकले प्रथम हुनेलाई २५,००० , दोश्रो हुनेलाई १५,००० राशी प्रदान गर्ने कार्यक्रम संयोजक विमल पराजुलीले बताएका छन ।

तपाईको प्रतिक्रिया