महेन्द्रनगर / प्रधानमन्त्री कप महिला टि-२० क्रिकेट प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा प्रदेश १ बिजयी भएको छ् । प्रतियोगिताको पाँचौ खेलमा प्रदेश नम्बर २ र प्रदेश १ वीचको खेलमा प्रदेश २ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । फलस्वरूप प्रदेश २ ले निर्धारित २० ओभरमा ९ विकेट क्षति मात्र ७१ रन बनाउन सकेको थियो । प्रदेश २ का लागि शान्ति चौधरीले सर्वाधिक ४८ बल खेल्दै सर्वाधिक १४ रन बनाउदा शोभा आले र सरस्वती चौधरीले समान १३/१३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो स्कोर जोड्न सकेनन्।बलिङतर्फ प्रदेश २ का लागि कप्तान रुविना क्षेत्रीले ४ ओभर बलिङ गर्दै १६ रन खर्चेर सर्वाधिक ४ विकेट लिन सफल हुँदा अप्सरी बेगमले ३ ओभर बलिङ गर्दै १२ रन खर्चेर महत्त्वपूर्ण २ विकेट लिन सफल भइन । ७२ रनको झिनो विजयीलक्ष्य पछ्याउँदै मैदान उत्रेको प्रदेश १ ले निर्धारित २० ओभरको खेलमा १४.२ ओभर खेल्दै २ विकेट क्षति ७५ रन बनाउदै रोमाञ्चक ८ विकेटको जित आफ्नो नाममा दर्ता गराउन सफल भएको छ।ब्याटिङतर्फ प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ४५ बल खेल्दै अविजित २६ रन बनाउदा काजोल श्रेष्ठ १९ रन,रोमा थापा १४ रन तथा अप्सरी बेगमले अविजित ४ रन बनाउदै आफ्नो टिमलाई रोमाञ्चक ८ विकेटले जिताउन सफल भइन।बलिङतर्फ प्रदेश २ का लागि सन्तोषी चौधरी र सरस्वती चौधरीले समान १/१ विकेट लिन सफल भएपनि आफ्नो टिमलाई जित भने दिलाउन सकिनन । प्रतियोगिताको पांचौ खेल प्रदेश १ ले ८ विकेटले जित्न सफल भएको छ।खेलकी वुमन अफ दी म्याच प्रदेश १ कि कप्तान रुविना क्षेत्री घोषित हुन सफल भएकी छिन । प्रतियोगिताको छैटौं खेल प्रदेश ५ र गण्डकी प्रदेशवीच दिउँसो ३ बजेदेखि सुरु हुनेछ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अन्तर सदस्य ब्याडमिन्टन प्रतियोगिता सहित प्रमाण पत्र वितरण सम्पन्न
इटहरी । कोरोना कहरका कारण वितरण हुन नसकेको गत वर्ष इटहरीमा सम्पन्न भएको ब्याडमिन्टन अम्पायार कोर्षको प्रमाण पत्र एक कार्...
श्रीलंका १ सय ३५ रनमा अलआउट !
इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो इनिङ्समा श्रीलंका १ सय ३५ रनमा अलआउट भएको छ । गल्लेमा बिहीवार पहिले ब्याटिङ गरे...
तारुकामा गोरु जुधाइ कार्यक्रममा झडप
नुवाकोटको तारुकास्थित गोरुजुधाइ कार्यक्रममा झपड भएको छ । झपडका क्रममा स्थानीय युवा घाइते भएको नेकपाका स्थानीय नेता राजेन...
भारतविरुद्ध अष्ट्रेलिया बलियो स्थितिमा
पहिलो इनिङमा ९४ रनले अघि रहेको अष्ट्रेलियाले समग्रमा १ सय ९७ रनको अग्रता लिएको छ । अष्ट्रेलिया युवा ब्याट्सम्यान मार्नस ...
माघ २ गते बाट शरणार्थी च्यालेन्ज कप
पथरी । नेपाली भाषी भुटानी शरणार्थीहरु तेस्रो देश पुर्नवास भए सगै उनिहरुका गतिविधिहरु झापा र मोरङका बेलडागी र शनिश्चरे शर...
सन्दीप लामिछानेले शनिबार पहिलो खेल खेल्ने
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्ने भएका छन्। चौध दिनक...