इटहरी, पछील्लो समय अत्याधिक धेरै मात्रामा बलत्कार भएको घटना सञ्चार माध्यममा आउने गरेका छन । त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं ०९ मा एक  घरमा भाडामा बस्ने ०६ वर्षिय एक नावालिका माथी यौन दुर्व्यवहाँर भएको छ ।असार २ गते कोठामा कोही नभएको मौका छोपी बालिका लाई ललाई फकाई वलात्कृत गरेको श्रोतले वताएको छ । पिडित परिवार इटहरीको बसपार्कमा कोठा भाडामा बस्दै आएको थियो ।

घर धनीको नाताले ज्वाँई पर्ने एक युवकले उक्त नावालिकालाई यौन दुर्व्यवहाँर गरेको ईलाका प्रहरी कार्यालय इटहरीले बताएको छ । घटना पश्चात उक्त नावालिकालाई उपचारको लागि हस्पिटल लगिएको थियो ।

यौन दुर्व्यवहाँर गर्ने गौतमलाई ईलाका प्रहरी कार्यालय इटहरीले शुक्रबार ( आज ) पक्राउ गरेको छ । उनलाई जबरजस्ती करणी सग सम्बन्धित मुद्दा चलाइने ईलाका प्रहरी कार्यालय इटहरीका डिएसपी समिर चन्द्र खरेलले बताएका छन ।

तपाईको प्रतिक्रिया