सुन्दरहरैचा, बढ्दो बेरोजगार समस्यालाई मध्यनजर गर्दै सुन्दरहरैचा नगरपालिकाका ३५ जना युवालाई सिप मुलक चारपाङ्ग्रे सवारी साधनको निशुल्क प्रशिक्षण तालिमको आयोजना गरिएको छ ।

शुक्रबार राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीको उपस्थितिमा उक्त तालिमको उद्घाटन गरिएको थियो । रायमाझिले सबै प्रशिक्षार्थीलाई टोपी लगाएर कार्यक्रमको उद्घाटन गरेका थिए ।

रायमाझिले पछील्लो समय सुन्दरहरैचा नगरपालिकालाई मध्यानजर गर्दै यहाँका जनताका आवश्यकता पुरा गर्न बाटो घाटोको बिकास निर्माण साथै विभिन्न स्कुलहरुमा अध्ययन गर्ने विधार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्ने कार्यलाई निरन्तरता दिदै आएका छन ।

सुन्दरहरैचा नगरपालिकाको सहकार्य र राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझिको सयुक्त पहलमा आयोजना गरिएको उक्त तालिम सुन्दरहरैचा नगरपालिकामा रहेको दुर्गा ड्राइभिङ सेन्टरको सहकार्यमा एक महिना सम्म सञ्चालनमा आउने छ । विपन्न वर्ग परिवारका ३५ जना युवाहरु रहेको उक्त तालिम लिने समुहमा २ जना महिलाहरु समेत रहेको रायमाझिका स्वकिय सचिव सरोज दाहालले जानकारी दिएका छन ।

रायमाझिले कार्यक्रम उद्घाटन गर्दै अब कोही पनि युवा रोजगारी बाट वञ्जित हुनु नपर्ने बताउदै आगामी दिनमा समेत युवाहरुलाई विशेष अन्य तालिमहरुको अवसर प्रदान गर्ने बताएका थिए ।

उनले आफुले केही युवालाई प्रत्यक्ष रोजगार दिन नसके पनि यो प्रशिक्षाण बाट रोजगार दिलाउन सक्ने उद्देश्यले यो तालिमको आयोजना गरिएको रायमाझिले बताएका छन ।

तपाईको प्रतिक्रिया