• कोकिला भण्डारी

धनकुटा/ धनकुटाबाटै पर्यटकहरुको केन्द्र बिन्दुका रुपमा रहेको धनकुटा वडा नम्वर ७ चुलिवन डाडादेखि याक्चनाघाटसम्म पर्यटकहरुलाई थप मनोरञ्जन दिनकालागि प्याराग्लाईडिङ्ग उडान शुरु भएको छ ।

पर्यटन प्रर्बद्धन गर्ने उद्धेश्यले धनकुटाको चुलिबनमा धनकुटा नगरपालिकाको सहकार्यमा ईटहरीको कोशि एडभेन्चर प्रा.लि.ले उडान शुरु गरेको हो । उक्त उडान परिक्षणकालागि गतबर्षपनि यसै स्थानमा उडान परिक्षण गरिएको थियो तर कुहिरोको कारण सफल हुन सकेको थिएन । दोस्रो पटकको उडान सफल भएपछि आगामि दिनमा पर्यटकको आगमन बढि यस क्षेत्रलाई ब्याबसायिक रुपमा बिकास गर्न सकिने भएकाले उडान शुरु गरिएको धनकुटाका प्रमुख चिन्तन तामाङ्गले बताउनु भयो । ईटहरीका कोशि एडभेन्चरका निर्देशक सुरेश बस्नेतका अनुसार ब्याबसायिक रुपमा नियमित प्याराग्लाईडिङ्ग उडान गर्नुका साथै प्याराग्लाईडिङ्ग याक्चनाघाटमा अवतरण पश्चात त्यहिबाट तम्मोर नदिमा र्याफ्टिङ्गको आनन्द पनि दिने ब्याबस्था मिलाउने छौं । पहिलो पटक बाल संसार माबि धनकुटाका शिक्षक नबिन केसि पाईलट राम लिम्बुका साथमा तम्मोर नदि माथिको आकासमा प्याराग्लाईडिङ्ग गरि दस मिनेट आकासिय मनोरम दृश्य अवलोकन गर्ने अवसर धनकुटामा पाउदा आफुलाई भाग्यशालि मानि बैग्लै आनन्द पाएको बताउनु हुन्छ ।

 

तपाईको प्रतिक्रिया