महोत्तरी । मध्यराति एक महिलाको धारिलो हतियार प्रयोग गरि विभत्स हत्या भएको छ । गौशाला नगरपालिका–१० भरतपुरस्थित माइती घरमा दुई सन्तानसहित बस्दै आएकी अन्जुकुमारी श्रेष्ठमाथि अज्ञात व्यक्तिद्वाराले धारिलो हतियार प्रहार गरि हत्या गरेकाे प्रहरीले जनाएकाे छ ।

अज्ञात व्यक्तिकाे धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी श्रेष्ठको उपचारको क्रममा अञ्चल अस्पताल जनकपुरमा मृत्यु भएको  छ ।

गौशालास्थित निर्धन उत्थान विकास बैंकमा कार्यरत श्रेष्ठ माइती घरमा बुवा, आमा र दुई सन्तानसहित बस्दै आएकी थिइन् ।

सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिद्वारा उनीमाथि धारिलो हतियार प्रहार भएकाे थियो । प्रहरीले हत्या गर्ने व्यक्तिकाे खाेजी कार्य जारी रहेको जनाएको छ । मृतक श्रेष्ठको शव अञ्चल अस्पताल जनकपुरमा राखिएको छ ।

तपाईको प्रतिक्रिया