इटहरीः भारतीय संगीतको दुनियामा हंगामा मच्चाएका एघार वर्षिय नेपाली बाल गायक प्रितम आचार्यले कक्षा ११ र १२ को संगीत शिक्षा ईटहरीमा नै पढ्ने बताएका छन् । उनलाई सम्मान स्वरुप इटहरी स्थित सिबि सगरमाथा कलेजले २५ हजार ३६५ रुपया नगद, सम्मानपत्र प्रदान गरेको अवसरमा उनले उक्त कुरा बताएका हुन् । भारतीय टेलिभीजन च्यानल जीटिभी सारेगमप लिटल च्याम्पस–२०१९ को गायन प्रतियोगीतामा उनले हजारौं प्रतिस्पर्धीहरु लाई पछि पार्दै फाइन चरणमा सेकेण्ड रनअप उपाधी हासिल गर्न सफल भएका छन् । एक नेपाली बालकले बाल्यकालमा नै हासील गरेको यो सफलताले संसार भरीका हिन्दी संगीत प्रेमीहरुमा हंगामा मच्चाएको थियो । 
इटहरी–५ का उदाहरणिय प्रतिभा आचार्यको सम्ममानमा बुधबार सिबि कलेज परिसरमा समारोह आयोजना गरी प्रोत्साहन स्वरुप नगद पुरस्कार सहित सम्मान प्रदान गरेको हो । उनलाई नगद २५ हजार ३ सय ६५ रुपया सहित कदरपत्र कलेजका अध्यक्ष दिनेशकुमार भट्टराई र लेखा संयोजक दयाराम भट्टराई द्वारा प्रदान गरेका थिए । उक्त अवसरमा प्रतियोगीतामा भारतीय निर्णायकहरुले अति रुचाएका दुई वटा गीत समेत गाए । उनको सम्मान कार्यक्रममा ठूलै संख्यामा सहभागी कलेका विद्यार्थीहरुले घेरेर धेरै प्रतियोगीतामा सहभागी हुँदा अनुभव गरेका कुराहरुमा धेरै जिज्ञासा राखेका थिए । उनि संग सेल्फी खिच्ने होड चलेको थियो । कलेजका विद्यार्थीहरुको सामिप्यता पाएका आचार्यले सम्मान ग्रहण पछि भने ‘म कक्षा ११ र १२ को संगित पढ्न सिबि सगरमाथा कलेजमा नै आउने छु ।’
कलेज सञ्चालक समिति अध्यक्ष दिनेश कुमार भट्टराईले प्रितम आचार्यका सफलता नेपाली संगीत प्रतिभाहरुका लागि एक उदाहरण भएकोले कलेजले उनलाई सम्मान गर्न जरुरी ठानेको बताउँदै आउँदा दिनमा पनि उनि जस्ता प्रतिभाको सम्मान र कदर गर्दै जाने बताए । अध्यक्ष भट्टराईले डा.भगवान कोइरालाको पहलमा इटहरीमा निर्माण हून लागेको बाल अस्पतालका लागि इटहरी उपमहानगर भित्र एक विगाह जग्गा दान गर्ने घोषणा समेत गरेका छन् । बाल गायक आचार्य उक्त अस्पतालको व्राण्ड एम्बासिडर रहेको संगीत साधना प्रतिष्ठान इटहरीका महासचिव राजु केसीले बताए । केसीले भने ‘इटहरीमा पहिलो पटक सिबि सगरमाथा कलजले संगित र नृत्यको कक्षा संचालन गर्न लागेकोमा बधाई र शुभकामना दिन चाहन्छु ।’
उनले ईटहरीमा पहिलो पटक कलेज तहमा संगीत तथा नृत्यको कक्षा सञ्चालन हुनु नयाँ इतिहासको शुरुआत भएको बताउँदै सिबि सगरमाथाकलेज लाई कक्षा सञ्चालनका लागि आवश्यक सबै किसिमको सहयोग संगीत साधना प्रतिष्ठानले गर्ने प्रतिबद्धता पनि प्रकट गरे । उनले भने ‘सिबि सगरमाथा कलेज संगित र कलाका लागि प्रदेश १ कै गौरवको विषय बनेकाले कलेज लाई सबैले सहयोग गर्न आवश्यक भएको छ ।’ कलेजका प्रिन्सिपल सागरप्रसाद भट्टराईले प्रदेश १ को प्लसटु शिक्षाको धार परिवर्तन गर्दै शैक्षिक सत्र २०७६ बाट संगित, नृत्य, जापानिज भाषा र खेल विज्ञान संचालन सुरु गरेको जानकारी दिए । उनले संगीत र कलाको विकासमा कलेज सधै लाग्ने बताउदै प्रितमलाई संगित विषयको कक्षा ११ र १२ मा पूर्ण छात्रवृति दिने पूर्ण घोषणा पनि गरे । कलेजले कक्षा ११ र १२ मा संचालन गरेको संगित विषयको पठनपाठनमा प्राविधिक सहयोग संगितसाधना प्रतिष्ठानको रहेको छ । सिवि सगरमाथा कले इटहरी–४ भुपिमार्गमा सञ्चालन हुँदै आएको छ । कलेजमा कक्षा नर्सरी देखि स्नातक तह सम्मको पठन पाठन भइरहेको प्रिन्सिपल भट्टराईले वबाए । कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, होटेल व्यवस्थापन, ट्राभल्स एण्ड टुरिजम साथै मानविकी तथा शिक्षा संकायका विभिन्न विषयको पठन पाठन हँुदै आएको छ ।

तपाईको प्रतिक्रिया