धरान, धरानका गजलकारहरुले भेडेटार ६ निवासी हाल धरानको महेन्द्र बहुमुखी क्याम्पस मास कम्युनिकेशन तेस्रो वर्षमा अध्यनरत विद्यार्थी चित्रकुमारी याम्फु राईलाई धरानको कालकुट सहित्यिक मन्चका सदस्यहरुले नगद २५७०० सहयोग गरेको छ ।

उक्त रकम धरान उपमहानगर १३ न वडा अध्यक्ष नेत्रप्रसाद काफ्ले र पोखराका गजलकार प्रकट पङ्गेनी शिव मार्फत सहयोग गरेको हो भने साहित्यिक मन्चले थप सहयोग समेत उठाईरहेको छ । राईलाई टाउकोको नसा सुनिएको र दिमागमा दाग भएको डाक्टरले बताएका थिए भने उनलाई बिगत एक महिना देखि सो रोग लागेर सुरुमा घोपामा उपचार गरिएको थियोे त्याबाट बिराटनगरको न्युरो र हाल उनलाई काठमाडौको ग्राण्डी हस्पिटलमा रेफर गरिएको छ ।

तपाईको प्रतिक्रिया